नेप्सेमा दोस्रो दिन ६८ अंक माथिको सुधार, कारोबार रकम साढे चार अर्बमा उक्लियो
बुधबार, २० असोज २०७८, १७ : २२
गत मंगलबार ४१ अंक माथिले बढेको सेयर बजार परिसूचक नेप्से आज बुधबार पनि अधिकतम ६८ अंक माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ६८.४७ अंकले बढेर २६ सय ८१.१० विन्दुमा पुगेको हो ।
गत मंगलबार नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६ सय १२.६५ बिन्दुमा रोकिएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.७२ अंकले बढेर ५०४.७३ बिन्दुमा उक्लिएको छ ।
यस दिन सबै जसो समूह धनात्मक (पोजेटिभ) भएर बजार नै हरियाली छाउँदा कारोबार रकम भने साढे चार अर्बको भएको छ ।
नेप्सेका अनुसार आज कुल २२७ कम्पनीको ८ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा ५५ हजार ३८५ पटक किनबेच हुँदा कुल चार अर्ब ५० करोडको कारोबार भएको हो । गत मंगलबार ४१ अंकले बढेको बजारमा जम्मा दुई अर्ब ९९ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण