शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको नवौं अधिवेशन आह्वान

बुधबार, २० असोज २०७८, २० : ४९
बुधबार, २० असोज २०७८

बागमती प्रदेशसभाको नवौं अधिवेशन असोज २४ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष नवौं अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दल मिलेर बनेको गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप