बागमती प्रदेशसभाको नवौं अधिवेशन आह्वान
बुधबार, २० असोज २०७८, २० : ४९
बागमती प्रदेशसभाको नवौं अधिवेशन असोज २४ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष नवौं अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दल मिलेर बनेको गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण