तस्बिरमा हेर्नुहोस् काठमाडौँका शक्तिपीठहरु
बिहीबार, २१ असोज २०७८, ०९ : ५५
हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ आजबाट विधिवत् रूपमा भित्रिएको छ । दसैँको पहिलो दिन अर्थात् आज घटस्थापना । यस दिन शक्ति पीठ तथा दसैँ घरमा जमरा राख्ने गरिन्छ । घटस्थापना नवरात्रको पहिलो दिन हो । नौ दिनसम्म नवरात्र विधिले प्रत्येक दिन फरक फरक देवीको पूजा गरिन्छ । विजया दशमीका दिन मान्यजनबाट टीका ग्रहण गर्दै प्रसादका रूपमा जमरा लगाउने प्रचलन छ ।
नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनहरूले नवदुर्गाको पूजा आराधना गर्दछन् । यसले सिद्धि प्राप्त हुने धार्मिक मान्यता छ । विजया दशमीलाई भगवतीले दानवी शक्तिमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ । यस्तै रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा पनि विजया दशमी मनाउने गरिन्छ । सारमा विजया दशमीलाई असत्यमाथि सत्यको जितका रूपमा मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण