विवादमा एमालेको लोगो : माओवादीले दावी विरोध गर्ने
नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताए ।
‘यसमा दावी विरोध गर्न सकिन्छ । हामी छलफल गरेर के गर्ने भन्ने निर्णय गर्छौ’, गुरुङले रातोपाटीसँग भने,‘समान्यतया अर्को पार्टीको चुनाव चिन्ह राख्न पाइँदैन । निर्वाचनसम्बन्धी कानुनले पनि त्यहीँ भन्छ ।’ नेता गुरुङले पार्टीले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको पनि बताए ।
‘कानुनविद्हरुसँग परामर्शकै क्रममा छौ, परामर्शपछि के गर्ने भन्ने टुङ्गो लाग्छ’, गुरुङको भनाइ छ । तर एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नभएको भन्दै उहाँहरुको दावी नपुग्ने बताए ।
‘पहिलो कुरा हँसिया हथौडा उहाँहरुको चुनाव चिन्ह भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन । दोस्रो कुरा हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरूको साझा झण्डा हो’, पौडेलले भने, ‘हाम्रो पनि त्यहीँ हो । त्यसैले उहाँहरुको दावी मिल्दैन ।’
एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । तर पछिल्लो समय तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले प्रयोगमा ल्याएको उक्त लोगोलाई थोरै परिवर्तन गरेर एमाले विधान महाधिवेशनले पारित गरेको हो ।
एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा हुँदा दुवै पार्टीका चुनाव चिन्ह मिलाएर त्यस्तो लोगो प्रयोगमा ल्याइएको थियो । तर अहिले भने एमालेले एकलौटी आफ्नो चुनाव चिन्ह समेत एमालेको लोगो बनाएपछि माओवादीका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण