आज कसले रोक्यो रेशम चौधरीको राजीनामा ?
टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीले पार्टीबाट राजीनामा दिने घोषणा गरेका थिए तर आज अचानक उनको राजीनामा रोकिएको छ । यद्यपि, उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध छन् कि जनता समाजवादी पार्टीमा भन्ने स्पष्ट हुन सकेको छैन । तत्कालीन राजपा नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी पार्टी एकीकरणसँगै जसपामा सामेल भएका थिए ।
जसपा विभाजनका क्रममा उनले कुनै पनि पक्षलाई रोजेका थिएनन् । त्यसैले पनि उनलाई जसपा नेपाल र लोसपा नेपाल दुवै दलले आफ्नो पार्टीमा रहेको दाबी गरिरहेका छन् । रेशम चौधरीले भने आफू कुन पार्टीमा रहेको भन्ने अझै स्पष्ट पारेका छैनन् ।
असोज २१ गते राजीनामा दिने कुरा रोकिए पनि एक अनलाइनमा एउटा लेख प्रकाशित गरी उनले आफू पार्टीमा नरहेको संकेत गरेका छन् । स्रोतका अनुसार उनले आफ्नो जन्मदिन पारेर पार्टीबाट राजीनामा दिने आफ्ना निकटस्थसँग बताएपछि लोसपाका नेताहरु त्यसलाई रोक्न सक्रिय भएका थिए । लोसपाका नेताहरु विभिन्न स्रोत प्रयोग गरेर रेशम चौधरीलाई राजीनामा दिनबाट रोक्न सफल भएको बताइन्छ ।
तर रेशम चौधरीले राजीनामा दिनका लागि तयार पारेको पत्रलाई लेखको रुपमा प्रकाशित गरेर लोसपा वा जसपामा नरहेको कुरा स्पष्ट पारेका छन् । उनले सो लेखमा कुनै अध्यक्ष वा पार्टीलाई सम्बोधन नगरे पनि आफू सो पार्टीमा नरहेको स्पष्ट गरेका छन् ।
उनले आफ्नो लेखमा लेखेका छन्, ‘बेला भइसकेको त छैन तर विकल्प भएन । यहाँसम्म राजनीतिक यात्रामा साथ दिनु हुनेलाई धन्यवाद । कसैसँग केही गुनासो छैन । धेरै कुरा सिकाउनु भो धन्यवाद । गोता लगाएर मोती भेटाउन नसके पनि राजनीतिक गोताखोर जरुर भइयो । राजनीति यस्तै रहेछ, सत्य असत्य, असत्य सत्य । इमानीभन्दा बेइमानीहरूले अंक बढी प्राप्त गर्दा रहेछन् । कार्यकर्ता बेचेर पद प्रतिष्ठा आर्जन गर्ने प्रचलन रहेछ । झुट, इमान, कार्यकर्ता बेच्ने कलामा निपुण भएपछि बल्ल राष्ट्रवादी नेता भइँदो रहेछ ।’
उनले अगाडि लेखेका छन्, ‘अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उठाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई ।’
थारु नेताहरु मधेस केन्द्रित दल धमाधम छाड्दै छन् । यसअघि राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर एमालेमा प्रवेश गरिसकेका छन् भने पूर्व राजपामा आवद्ध रहेर पछि निश्कृय भएका अर्का नेता लक्ष्मण थारुले पनि सो पार्टी छाडिसकेका छन् । उनी भानुराम थारुको पार्टी नेपाल लोकतान्त्रिक पार्टीमा प्रवेश गरिसकेका छन् । रेशम चौधरीले पनि जसपा/लोसपा छाडेपछि नयाँ पार्टी सञ्चालन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण