नीम र दहीको फेस प्याकले छालालाई गर्ने सात फाइदा
नीममा एन्टीब्याक्टेरियल र एन्टीफंगल विशेषताहरू पाइन्छ । यसलाई हप्तामा ३ या चारपटक दहीसँग मिश्रण गरेर छालामा लगाउँदा धेरै समस्याहरू समाधान हुन्छ । यसका लागि दुई चम्चा नीमको पत्ताको पेस्टमा एक चम्चा दही मिश्रण गर्नुपर्छ । यसलाई फेस प्याक बनाएर लगाउँदा निम्न फाइदाहरू हुनेछन् :
१. छालामा चमक – नीम र दहीको फेस प्याकमा पर्याप्त मात्रामा भिटामिन र न्युट्रिएन्टस पाउन सकिन्छ । जसले छालाको कोषहरूलाई आवश्यक पोषण प्रदान गर्दछ । यसले छालामा चमक बढ्दछ ।
२. ट्यानिङमा कमी – नीम र दहीको फेस प्याकले छालाको ड्यामेज भएका टिस्युहरूलाई मर्मत गर्दछ । यसले छालामा देखिएको ट्यानिङमा कमी आउँदछ ।
३. पिम्पलको उपचार – नीम र दहीको फेस प्याकमा एन्टीब्याटेरियल विशेषता पनि हुन्छ । यसले तपाईंको छालामा रहेको ब्याक्टेरियालाई खतम गर्नुका साथै पिम्पलको समस्याबाट छुटकारा दिलाउँछ ।
४. ब्ल्याक हेड गायब – नीम र दहीको फेस प्याकमा पाइने तत्त्वले छालालाई सफा गरेर ब्ल्याक हेडलाई गायब बनाउँछ ।
५. दाग हटाउँछ – यसमा रहेको एन्टीसेप्टिक विशेषताले घाउलाई पनि ठिक गर्नुका साथै दागलाई हटाउन पनि मद्दत गर्छ ।
६. सनस्क्रिनको काम – नीम र दहीको फेस प्याकमा पाइने तत्त्वहरूले सनस्क्रिनको रूपमा पनि काम गर्दछ । यसलाई हरेक दिन लगाउँदा सूर्यको अल्ट्रा भायलेट किरणबाट पनि छालालाई बचाउँछ ।
७. डार्क सर्कल कम गर्छ – हरेक दिन नीम र दहीको फेस प्याक लगाउने हो भने डार्क सर्कलको समस्याबाट यसले छुटकारा दिलाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण