आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रतिनिधिमण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता

बिहीबार, २१ असोज २०७८, २१ : १५
बिहीबार, २१ असोज २०७८

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको छ । बुधबार भारतको राजधानी नयाँ दिल्लीमा काँग्रेस प्रतिनिधिमण्डलले अध्यक्ष नाड्डासँग भेटवार्ता गरेको हो । 

भेटवार्तामा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा  सौहार्द कुराकानी भएको नेपाली काँग्रेसका युवा नेता उदयशम्शेर जबराले बताएका छन् । भेटवार्तामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा.आश्विन जोहर पनि सहभागी थिए ।

नेपाली काँग्रेसका तर्फबाट डा.महत, काँग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र राणा सहभागी थिए । तीन सदस्यीय काँग्रेस प्रतिनिधिमण्डल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा विहीबार मध्यान्ह पाँच दिने भारत भ्रमणमा निस्किएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप