काँग्रेस प्रतिनिधिमण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता
बिहीबार, २१ असोज २०७८, २१ : १५
नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको छ । बुधबार भारतको राजधानी नयाँ दिल्लीमा काँग्रेस प्रतिनिधिमण्डलले अध्यक्ष नाड्डासँग भेटवार्ता गरेको हो ।
भेटवार्तामा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा सौहार्द कुराकानी भएको नेपाली काँग्रेसका युवा नेता उदयशम्शेर जबराले बताएका छन् । भेटवार्तामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा.आश्विन जोहर पनि सहभागी थिए ।
नेपाली काँग्रेसका तर्फबाट डा.महत, काँग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र राणा सहभागी थिए । तीन सदस्यीय काँग्रेस प्रतिनिधिमण्डल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा विहीबार मध्यान्ह पाँच दिने भारत भ्रमणमा निस्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण