राजस्थानमाथि कोलकाताको शानदार जीत, प्लेअफमा स्थान लगभग पक्का
इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्समाथि ८६ रनको शानदार जीत हासिल गरेको छ । कोलकाताले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १६.१ ओभरमा मात्र ८५ रनमा अलआउट हुन पुग्यो ।
जीतसँगै कोलकाताले १४ खेलबाट १४ अङ्क बटुल्दै अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ । टोलीले प्लेअफमा स्थान बनाउने लगभग पक्का छ । अब मुम्बईले एक शर्तमा मात्र मात्र कोलाकातालाई पछि पार्दै प्लेअफमा स्थान बनाउन सक्नेछ । यसका लागि मुम्बईले हैदराबादसँगको खेलमा पहिलो ब्याटिङ गर्दै २ सयभन्दा बढी रन बनाउनुपर्नेछ भने १७० रनभन्दा बढीको अन्तरले खेल जित्नुपर्नेछ । जुन निकै कठिन देखिन्छ ।
कोलकाताले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निरस ब्याटिङ प्रदर्शन गरेको थियो । राहुल तेवाटियाले ४४ र शिवम दुवेले १८ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । कोलकाताका लागि शिवम माभीले ४ तथा लोकी फर्गुसनले ३ विकेट लिए ।
यसअघि, शुभमन गिलको ५६ तथा वेंकटेस ऐयरको ३८ रनको मद्दतले कोलकाताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले २१ रनको योगदान दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण