सुनको भाउ ९० हजार ६०० रुपैयाँ पुग्यो
शुक्रबार, २२ असोज २०७८, १२ : १०
शुक्रबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले महँगिन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार थप २०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज शुक्रबार गत बिहीबारकै मूल्य कायम रहँदै अस्थिर रहेको महासंघले जनाएको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
कर्णाली प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
-
लागु औषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
-
जेठ १५ र १९ गते बसेकाे मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)
-
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
-
केन्द्रीय चलचित्र जाँच समिति सदस्यमा गिरी नियुक्त