सुनसरीबाट अपहरणमा परेका बालकको उद्धार
सुनसरीको कोशी गाउँपालिका–७ स्थित नेपाल भारत सिमाबाट अपहरणमा परेका बालकको उद्धार गरिएको छ । बिहिबार स्थानिय १३ वर्षीय दिपेन सदा अपहरणमा परेका थिए । सिमानाबाट करिब ३५ किलोमिटर पर भारतको सुपौला जिल्ला स्थित बलबदैपुरबाट उनको उद्धार गरिएको सुनसरीका एसपी सन्जयसिंह थापाले रातोपाटीलाई बताए । एसपी थापाले भने–‘भारतिय प्रहरीको सहयोगमा बालकलाई सकुशल उद्धार गरेर नेपाल ल्याएका छौं ।’
भारतिय नागरिक मुकुम मियाँ समेतले उनको अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मुकुम नेपालबाट भारततर्फ मजदुरी गर्ने कामदार लैजाने ठेकेदार हुन् । २० जना कामदार उपलब्ध गराउँछौँ भनेर कोशी गाउँपालिकका भुल्टन सदा लगायत ५ जनाले अग्रिम २ लाख पैसा लिएको तर, कामदार नपठाएको झोँकमा बालक अपहरण गरेको अनुसन्धानबाट खुलेको छ ।
बालकको परिवारसँग कुनै लेनदेन नभएको तर, अपहरणपछि बालकका बुवा गणेशजी सदा मार्फत भुल्टन सदासँग फोनमा कुरा गरेर पैसा मागेको एसपी थापाले बताए ।
कोशी गाउँपालिकाका मुसहर समुदायका मानिस भारतमा मजदुरी गर्न जाने गरेका छन् । मुकुम मजदुर संकलक हुन् । भुल्टन सदाले चाहिँ आफुले मुकुमलाई पैसा तिर्न बाँकी नरहेको जिकिर गरेका छन् । बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण