अफगानिस्तानमा अमेरिकी सेना फर्किएपछिको सबैभन्दा ठूलो आक्रमण
अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु भएको छ । शुक्रबार भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । शिया मुस्लिमहरुको सैद आबाद मस्जिदमा भएको आक्रमणलगत्तै दर्जनौ शव यत्रतत्र छरिएका थिए ।
सो आक्रमणमा परेर एकसय बढी घाइते भएका छन् । इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा शिया मुस्लिम समुदायमाथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीहरुको हात रहेको आरोप लाग्दै आएको छ ।
अफगानिस्तानमा आइएस के ले लगातार तालिबान सरकारको विरोध गर्दै आइरहेको छ र देशका पूर्वी क्षेत्रमा दर्जनौ पटक विष्फोट गराइसकेको छ । शुक्रबार पनि मस्जिदमा नामाज पढिरहेका बेला एक आत्मघाती आक्रमणकारीले शरीरमा बाँधिएको विष्फोटक पदार्थ विष्फोट गराएका थिए ।

मस्जिदमा ३ सय बढी व्यक्ति नामाज पढिरहेका थिए । घटनामा मर्नेहरुको संख्या अझै बढ्न सक्ने स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघले घटनाको भर्त्सना गर्दै शुक्रबार भएको विष्फोटको घटना ‘एक धार्मिक संस्थालाई लक्षित गरी यो हप्ता भएको तेश्रो घातक हमला’ भनेको छ । यसअघि आइतबार काबुलको एक मस्जिद र बुधबार पूर्वी शहर खोस्तको एक मदरसामा पनि आक्रमण भएको थियो ।
अफगानिस्तानबाट अमेरिकन सेना बाहिरिएलगत्तै तालिबान समूहले सत्ता कब्जा गरेको थियो । त्यसपछि इस्लामिक स्टेटले लगातार आत्मघाती आक्रमण गर्दै आएको छ । पछिल्ला दिन अमेरिकाले भने तालिवान सरकारसँग कुटनीतिक वार्ता गर्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण