'देउवा खराब थिए,खराबै रहने पक्का भयो'
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग समेत भागबण्डा मिलाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।
संविधानविद् भीमार्जुन आचार्यले समेत देउवाको पछिल्लो कदममाथि प्रश्न उठाएका छन् । उनले मन्त्रिपरिषद् विस्तारलाई दुखद र आपत्तिजनक बताउँदै देउवालाई खराबको संज्ञासमेत दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् –
देउवा खराब थिए,खराबै रहने पक्का भयो । 'परमादेश'सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो । जसरी गरेका हुन, गरेकै देखियो। तर इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?
हिजोको मन्त्रिपरिषद् विस्तारको घटना दुखद र आपत्तिजनक छ, तर यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठिक थियो भन्ने कदापि होइन । दुवै खराब थिए, खराबै रहने भए।
देउवा खराब थिए,खराबै रहने पक्का भयो।'परमादेश'सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो।जसरी गरेका हुन, गरेकै देखियो। तर इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?
— Bhimarjun Acharya (@BhimarjunPhD) October 9, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
-
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
-
यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोडभन्दा बढी राजस्व सङ्कलन
-
नवउदारवाद मर्दैछ, प्रविधि सामन्तवाद जन्मदैछ