'देउवा खराब थिए,खराबै रहने पक्का भयो'
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग समेत भागबण्डा मिलाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।

संविधानविद् भीमार्जुन आचार्यले समेत देउवाको पछिल्लो कदममाथि प्रश्न उठाएका छन् । उनले मन्त्रिपरिषद् विस्तारलाई दुखद र आपत्तिजनक बताउँदै देउवालाई खराबको संज्ञासमेत दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् –
देउवा खराब थिए,खराबै रहने पक्का भयो । 'परमादेश'सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो । जसरी गरेका हुन, गरेकै देखियो। तर इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?
हिजोको मन्त्रिपरिषद् विस्तारको घटना दुखद र आपत्तिजनक छ, तर यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठिक थियो भन्ने कदापि होइन । दुवै खराब थिए, खराबै रहने भए।
देउवा खराब थिए,खराबै रहने पक्का भयो।'परमादेश'सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो।जसरी गरेका हुन, गरेकै देखियो। तर इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?
— Bhimarjun Acharya (@BhimarjunPhD) October 9, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण