निधिले भने– प्रदेश नम्बर २ को राजधानी जनकपुरधाम नै रहन्छ
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नम्बर २ को राजधानीको सवालमा सबै दल सहमत रहेकाले प्रदेश राजधानी जनकपुरधाम रहनुपर्ने बताएका छन् । प्रदेश २ को नामाकरणमा विवाद रहेपनि स्थायी राजधानी भने जनकपुरधाम नै रहने उपसभापति निधिले स्पष्ट पारे ।
शनिबार जनकपुरधाममा सोलुमेट कैफे एण्ड रेष्टुरेन्टको उद्घाटनमा बोल्दै उनले प्रदेशको स्थायी राजधानी जनकपुरधाम सबै दृष्टिकोणले उपयुक्त रहेको बताएका हुन् । काँग्रेसको १४ औँ महाधिवेशनका सभापति आकांक्षी समेत रहेका उपसभापति निधिले भने– यस प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै रहन्छ, यसमा कुनै शंका नगर्नुस् । जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन ।’
उनले जनसङ्ख्याको आधारमा मैथिली भाषा नेपालको दोस्रो र प्रदेश २ को पहिलो भाषा रहेकाले मैथिली सरकारी कामकाजको भाषा बन्ने निश्चित रहेको उनको भनाई छ । उनले मैथिली भाषालाई प्राथमिकतामा पार्नका लागि आवश्यक दबाब दिइरहन समेत प्रदेशवासीलाई आग्रह गरे ।
अर्को प्रसङ्गमा बोल्दै नेता निधिले आफू काँग्रेसको आगामी १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको बताउँदै उनले भने– मलाई सहयोग गर्नुस् मेरो आग्रह छ । मैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाइसकेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल