निधिले भने– प्रदेश नम्बर २ को राजधानी जनकपुरधाम नै रहन्छ
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नम्बर २ को राजधानीको सवालमा सबै दल सहमत रहेकाले प्रदेश राजधानी जनकपुरधाम रहनुपर्ने बताएका छन् । प्रदेश २ को नामाकरणमा विवाद रहेपनि स्थायी राजधानी भने जनकपुरधाम नै रहने उपसभापति निधिले स्पष्ट पारे ।
शनिबार जनकपुरधाममा सोलुमेट कैफे एण्ड रेष्टुरेन्टको उद्घाटनमा बोल्दै उनले प्रदेशको स्थायी राजधानी जनकपुरधाम सबै दृष्टिकोणले उपयुक्त रहेको बताएका हुन् । काँग्रेसको १४ औँ महाधिवेशनका सभापति आकांक्षी समेत रहेका उपसभापति निधिले भने– यस प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै रहन्छ, यसमा कुनै शंका नगर्नुस् । जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन ।’
उनले जनसङ्ख्याको आधारमा मैथिली भाषा नेपालको दोस्रो र प्रदेश २ को पहिलो भाषा रहेकाले मैथिली सरकारी कामकाजको भाषा बन्ने निश्चित रहेको उनको भनाई छ । उनले मैथिली भाषालाई प्राथमिकतामा पार्नका लागि आवश्यक दबाब दिइरहन समेत प्रदेशवासीलाई आग्रह गरे ।
अर्को प्रसङ्गमा बोल्दै नेता निधिले आफू काँग्रेसको आगामी १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको बताउँदै उनले भने– मलाई सहयोग गर्नुस् मेरो आग्रह छ । मैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाइसकेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण