प्रतितोला १०० ले बढ्यो सुनको मूल्य
आइतबार, २४ असोज २०७८, ११ : १६
नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन बजार भाउ तोक्दै मूल्य बढेको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय ७५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण