अनौठो मेलाः कमला नदीमा भूतमेला (फोटो फिचर)
सिरहा– वर्षेनी कत्तिके पूणिमामा यहाँस्थित कमला नदीमा अनौठो मेला लाग्छ । कतिलाई धामीझाँक्रीमा विश्वास नरहेपनि पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ यस्तै यस्तै आ आफनो इष्ट देवताको हरुको नाम फालाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गरेका छन् ।
सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा उनीहरुको आज बिहानैदेखि घुँइचो लागेको हो । शुक्रवार रातीबाटै कमलानदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।
तन्त्रशास्त्रअनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण