आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अनौठो मेलाः कमला नदीमा भूतमेला (फोटो फिचर)

शनिबार, १८ कात्तिक २०७४, ११ : ४९
शनिबार, १८ कात्तिक २०७४

सिरहा–      वर्षेनी  कत्तिके पूणिमामा यहाँस्थित कमला नदीमा अनौठो मेला लाग्छ । कतिलाई धामीझाँक्रीमा विश्वास नरहेपनि   पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ यस्तै यस्तै आ आफनो इष्ट देवताको हरुको नाम फालाक्दै धामीझाँक्री मिर्दङ (मादल),  झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गरेका छन् । 
सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा उनीहरुको  आज बिहानैदेखि घुँइचो लागेको हो । शुक्रवार रातीबाटै  कमलानदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।
तन्त्रशास्त्रअनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप