मधुमेहका रोगीलाई फाइदाजनक हुन्छ अनार
मधुमेह रोगीले खानपिनमा ध्यान नदिने हो भने यो रोगले बिरामीलाई मृत्युको मुखमा पु–याउन सक्छ । त्यसैले चिकित्सकहरुले मधुमेहका रोगीलाई खानपिनमा ध्यान दिन सुझाव दिने गर्दछन् । मधुमेहका रोगीले रिफाइन्ड सुगर र कार्बोहाइड्रेडयुक्त खाना त्याग्नु पर्दछ । मधुमेह रोगीका लागि अनारलाई उत्कृष्ट फल मानिन्छ ।
अनारमा विभिन्न प्रकारका ‘एन्टीअक्सिडेन्ट’ पाइन्छ । यसमा ‘रेड वाइन’ र ‘ग्रीन टी’को तुलनामा लगभग तीन गुना बढी ‘एन्टीअक्सिडेन्ट’ पाइने विज्ञहरु बताउँछन् । ‘एन्टीअक्सिडेन्ट’ले मधुमेह र ‘फ्रि रेडिकल्स’ बाट हुने क्षतिलाई रोक्ने काम गर्दछ । विज्ञहरुका अनुसार अनारको दानाले इन्सुलिन सेन्सेटिभिटीलाई दुरुस्त बनाउन मद्दत गर्दछ ।
अनारमा ‘कार्ब्स’ को मात्रा पनि निकै कम हुन्छ । मधुमेहका रोगीलाई ‘कार्ब्स’ कम भएको खाना खान चिकित्सकहरु सुझाउँछन् । अनारमा अनुमानित ‘ग्लाइसेमिक लोड’ १८ हुन्छ, जो कि ब्लड सुगरलाई नियन्त्रण गर्न उपयोगी मानिन्छ ।
‘हिलिङ स्पाइसिस’ नामक पुस्तकमा उल्लेख भएअनुसार अमेरिका, अस्ट्रेलिया र भारतमा जनावरमाथि गरिएको अध्ययनले अनारको फूल र यसको दानाबाट बनेको तेल मधुमेह नियन्त्रण गर्न प्रभावकारी देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण