विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई निर्देशन : बाढी प्रभावितको उद्धारमा खटौँ
बुधबार, ०३ कात्तिक २०७८, १६ : ३६
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका परिवार परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । सो पार्टीले बाढी र पहिरोमा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्न समेत माग गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ : ‘मृतकका परिवारहरुलाई उचित राहतको व्यवस्था, घाइतेहरुको निशुल्क र प्रभावकारी उपचार, बेपत्ता नागरिकहरुको तीव्रतामा खोजी र जोखिमको आतंकमा बसेका बस्तीहरुको सुरक्षित पुनर्वासको व्यवस्था गर्न नेपाल सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।’ सो पार्टीले प्रभावित जनताको उद्धार र राहतको कार्यमा संलग्न हुन सिंगो पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण