राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले घटाए निक्षेपको ब्याज
नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेका छन् ।
यसैगरी, नेपाल एसबीआईले ९.४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९.३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज बैंकले ९.०६, सानिमाले ९.०६, प्रभुले ८.५७, राष्ट्रिय वाणिज्यले ८.३६, सिटिजन्सले ८.८, कृषि विकासले ८.८५, तोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण