इरानद्वारा राष्ट्रव्यापी वायु सेना अभ्यास शुरु
इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास शुरु गरेको छ । सरकारी टेलिभिजनले जनाएअनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो । प्रतिवेदनमा दिइएको जानकारी अनुसार यस अभ्यासमा बमवर्षक लडाकु विमान, ड्रोन लेसर निर्देशित मिसाइल सहित अन्य अत्याधुनिक हतियारहरूको प्रयोग गरी ड्रिलमा भाग लिइनेछ।
सबै इरानी सैन्य हवाई अड्डाहरु यस युद्धाभ्यासमा भाग लिनेछन्। बताइए अनुसार इरानसँग १२ एयर बेस छन्। प्रतिवेदनले यो ड्रिल कति लामो समय सम्म चल्छ भन्ने बारे केही बताएको छैन। अघिल्लो हप्ता यहाँ आयोजित दुई दिने वार्षिक हवाई रक्षा अभ्यासमा सेना र अर्धसैनिक क्रान्तिकारी गार्ड दुवै भाग लिएका थिए।
इरानले नियमित रूपमा यस्तो सैन्य अभ्यास गरेर आफ्नो सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्ने गर्दछ। इरानको बढ्दो परमाणु र सैन्य शक्तिले यस क्षेत्रमा तनाब बढाउँदै लगेको छ। तेहरानको सन् २०१५ को विश्व शक्तिहरूसँगको समझदारीलाई पुनर्जीवित गर्न भियनामा हुने भनिएको वार्ता गत जुन देखि रोकिएको छ र त्यो समझदारी पुनः शुरु हुने कुनै मिति भने हालसम्म तय भएको छैन।
सन् २०१५ को परमाणु सम्झौताले तेहरानलाई आर्थिक प्रतिबन्ध हटाउने बदलामा युरेनियमको संवर्धनलाई निकै सीमित बनाएको थियो। सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट फिर्ता लिएपछि मध्य पूर्वमा तनाव बढायो र आक्रमणका अनेक शृङ्खला शुरु हुन थाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण