क्यान्सर हुनुअघि देखिने ७ लक्षण
क्यान्सर यस्तो रोग हो जुन विस्तारै–विस्तारै पूरै शरीरभरी फैलिन्छ । सही समयमा क्यान्सरको लक्षण पत्ता लगाउन नसकेमा यसले ज्यानै समेत लिन सक्छ । क्यान्सर शरीरमा फैलिनु अगाडि देखिने लक्षणहरुको पहिचान गर्न सकेमा यसको उपचार सम्भव हुन्छ । चिकित्सकका अनुसार क्यान्सरका सुरुवाती लक्षणहरु अस्पष्ट हुन्छन् । जसलाई सजिल्यै चिन्न सकिन्न । तर, केही लक्षणहरुले क्यान्सर हुनसक्ने सम्भावनातर्फ इशारा गर्ने गर्छ । क्यान्सरसँग जोडिएका अनुसन्धानले सुरुवाती लक्षणहरुलाई क्यान्सरको ‘अलार्म’ भनिन्छ । यस्ता लक्षणहरु के–के हुन् त ?
१. शरीरको कुनै एक अंगमा लामो समयसम्म लगातार दुखाई हुनु, औषधिको सेवनले पनि कुनै असर नदेखाउनु, कुनै रोग नै नभई दुखिरहनु, असहज महसुस हुनु आदि क्यान्सरका सुरुवाती लक्षणहरु हुन् । यस्तो अवस्थामा सही जाँच गराउन आवश्यक छ । चिकित्सकका अनुसार लगातार छाती, फोक्सोमा दुखाई हुनु, टाउको दुख्नु, पेट दुख्नु आदि समस्याको जाँच गर्नुपर्ने हुन्छ । यस्तो दुखाई हुनु भनेको क्यान्सर नै हुनु भन्ने होइन तर यस्ता लक्षण देखिए सही जाँच गर्न भने आवश्यक छ ।
२. लगातार खोकी लाग्नु र खकारमा रगत देखापर्नु पनि क्यान्सर लाग्नुअघिको लक्षण हुनसक्छ ।
३. मुत्रथैली र पिसाबसँग जोडिएका समस्याहरुले पनि क्यान्सर हुनसक्ने सम्भावना रहेको देखाउँछ । पिसाबमा रगत देखिए यसले गम्भीर समस्या हुनसक्ने संकेत गर्छ ।
४. महिलाहरुले महिनावारी रोकिएपछि (मेनोपोज) पनि जाँच गराइरहन आवश्यक छ । मेनोपोजपछि पनि रगत बग्नु सामान्य लक्षण होइन । यसमा साथै, दिसामा रगत देखिनु, गिजा वा मुखमा रगत आउनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।
५. बिनाकारण लगातार शरीरको तौल कम हुँदै जानु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ । अग्नाशय, पेट, ग्रासनली, फोक्सो आदिमा क्यान्सर हुँदा यस्ता समस्या देखिन्छन् ।
६. आन्द्रासँग जोडिएका समस्या लगातार देखिनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।
७. लगातार थकान महसुस हुनु, राम्रो पोषकयुक्त खाना खाँदा पनि कमजोर महसुस गर्नु आदि पनि क्यान्सरका सुरुवाती लक्षण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण