क्यान्सर हुनुअघि देखिने ७ लक्षण
क्यान्सर यस्तो रोग हो जुन विस्तारै–विस्तारै पूरै शरीरभरी फैलिन्छ । सही समयमा क्यान्सरको लक्षण पत्ता लगाउन नसकेमा यसले ज्यानै समेत लिन सक्छ । क्यान्सर शरीरमा फैलिनु अगाडि देखिने लक्षणहरुको पहिचान गर्न सकेमा यसको उपचार सम्भव हुन्छ । चिकित्सकका अनुसार क्यान्सरका सुरुवाती लक्षणहरु अस्पष्ट हुन्छन् । जसलाई सजिल्यै चिन्न सकिन्न । तर, केही लक्षणहरुले क्यान्सर हुनसक्ने सम्भावनातर्फ इशारा गर्ने गर्छ । क्यान्सरसँग जोडिएका अनुसन्धानले सुरुवाती लक्षणहरुलाई क्यान्सरको ‘अलार्म’ भनिन्छ । यस्ता लक्षणहरु के–के हुन् त ?
१. शरीरको कुनै एक अंगमा लामो समयसम्म लगातार दुखाई हुनु, औषधिको सेवनले पनि कुनै असर नदेखाउनु, कुनै रोग नै नभई दुखिरहनु, असहज महसुस हुनु आदि क्यान्सरका सुरुवाती लक्षणहरु हुन् । यस्तो अवस्थामा सही जाँच गराउन आवश्यक छ । चिकित्सकका अनुसार लगातार छाती, फोक्सोमा दुखाई हुनु, टाउको दुख्नु, पेट दुख्नु आदि समस्याको जाँच गर्नुपर्ने हुन्छ । यस्तो दुखाई हुनु भनेको क्यान्सर नै हुनु भन्ने होइन तर यस्ता लक्षण देखिए सही जाँच गर्न भने आवश्यक छ ।
२. लगातार खोकी लाग्नु र खकारमा रगत देखापर्नु पनि क्यान्सर लाग्नुअघिको लक्षण हुनसक्छ ।
३. मुत्रथैली र पिसाबसँग जोडिएका समस्याहरुले पनि क्यान्सर हुनसक्ने सम्भावना रहेको देखाउँछ । पिसाबमा रगत देखिए यसले गम्भीर समस्या हुनसक्ने संकेत गर्छ ।
४. महिलाहरुले महिनावारी रोकिएपछि (मेनोपोज) पनि जाँच गराइरहन आवश्यक छ । मेनोपोजपछि पनि रगत बग्नु सामान्य लक्षण होइन । यसमा साथै, दिसामा रगत देखिनु, गिजा वा मुखमा रगत आउनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।
५. बिनाकारण लगातार शरीरको तौल कम हुँदै जानु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ । अग्नाशय, पेट, ग्रासनली, फोक्सो आदिमा क्यान्सर हुँदा यस्ता समस्या देखिन्छन् ।
६. आन्द्रासँग जोडिएका समस्या लगातार देखिनु पनि क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ ।
७. लगातार थकान महसुस हुनु, राम्रो पोषकयुक्त खाना खाँदा पनि कमजोर महसुस गर्नु आदि पनि क्यान्सरका सुरुवाती लक्षण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो
-
गण्डकीका सभामुखलाई कांग्रेसले देखायो संसद् बैठकमै कालोझण्डा
-
जलवायु परिवर्तनबारे गम्भीर हुन जापानी विदेशमन्त्रीलाई राष्ट्रपतिको आग्रह
-
कांग्रेस नेता कोइराला र मुख्यमन्त्री कार्कीबिच भेटवार्ता
-
प्रदर्शनको क्रममा पक्राउ परेका आजपाका नेता कार्यकर्ता रिहा
-
अशोक राईले नयाँ पार्टीका लागि आयोगमा दिए निवेदन, क-कसले छाडे उपेन्द्रको साथ ?