२०२२ पछि पनि एथलेटिकोमै बस्ने सुआरेजको चाहना
स्ट्राइकरहरुको मूल्यांकन उनीहरुले गर्ने गोलका आधारमा हुन्छ र लुईस सुआरेज विश्व फुटबलका सबैभन्दा खतरनाक सेन्टर फरवार्डका रुपमा कायम छन् । उनले यस सिजन एथलेटिको म्याड्रिडका लागि पाँच गोल गरिसकेका छन् ।
जारी सिजनमा उनी नै अहिलेसम्म क्लबका सर्वाधिक गोलकर्ता हुन् । यद्यपी, एथलेटिकोमा एन्टोनी ग्रिजम्यान, एन्जेल कोरेरा, जाओ फेलिक्स र माथियुस कुन्हाजस्ता आक्रामक खेलाडी पनि छन् । गत वर्ष एथलेटिकोलाई ला–लिगा जिताउन सुआरेजको प्रदर्शन निकै महत्वपूर्ण रहेको थियो । उनले त्यस सिजन २१ गोल गरेका थिए ।
आफ्नो आत्मविश्वासका कारण पनि सुआरेजले निरन्तर उच्चस्तरको प्रदर्शन गर्न सकिरहेका छन् र उनी २०२२ पछि पनि एथलेटिको म्याड्रिडमै बस्न चाहन्छन् । ०२२ मा एथलेटिकोसँग उनको सम्झौता सकिनेछ । तर, सुआरेजले त्यसपछि पनि क्लबमै बस्ने इच्छा देखाएका हुन् ।
२०२२ मा पुग्दा ३४ वर्षका सुआरेज शारीरिक रुपमा कत्तिको तगडा रहन्छन् ? उनको फर्म कायम रहन्छ वा रहदैंन ? एथलेटिकोलाई यही विषयको प्रतिक्षा छ । तर, नयाँ स्ट्राइकर खोज्न आगामी वर्ष पनि सहज हुनेछैन भन्ने क्लबलाई थाहा छ । क्लबलाई सुआरेजमा प्राकृतिक रुपमा गोल गर्नसक्ने कला छ भन्ने पनि थाहा छ ।
त्यसैले सुआरेजको यही लय आगामी वर्ष पनि कायम रहोस् भन्ने क्लबको अपेक्षा छ । क्लबका प्रशिक्षक डिएगो सिमोनीले सुआरेजलाई सधैं हौसला र समर्थन दिने गरेका छन् । उनले नै सुआरेजलाई क्लबमा ल्याउन विशेष पहल गरेका थिए । राम्रो प्रदर्शन गर्न नसक्दा पनि उनी सुआरेजका पक्षमा खडा हुने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण