अष्टलक्ष्मी सरकारले गाडीभाडा बढायो, पैसाको साटो चकलेट !
एकजना महिला आइतबार बिहानै नयाँ बानेश्वरबाट लगनखेलतर्फ जाने बा १ ह ४४०१ नम्बरको टेम्पो चढिन् । उनको गन्तव्य थियो कुपण्डोल । पुरानो भाडा दर थियो– १५ रुपैयाँ । सधैँजस्तो सम्झेर उनले चालकलाई बानेश्वर–कुपण्डोलको भाडा १५ रुपैयाँ बुझाइन् । मुख्यमन्त्री अष्टलक्ष्मी नेतृत्वको वागमती प्रदेश सरकारले उपत्यकामा चल्ने टेम्पोको २८ प्रतिशत भाडा बढाएको ती यात्रुलाई थाहा थिएन ।
‘भाडा बढेको छ, अब तीन रुपैयाँ थप्नोस्’ टेम्पो चालकले यात्रुलाई भने, ‘बानेश्वरदेखि कुपण्डोलसम्मको भाडा १८ रुपैयाँ हो ।’ यात्रुले सोधिन् भाडा बढेको हो ? चालकले भने, ‘बढेको हो ।’ ती महिलाले चालकलाई ५ रुपैयाँको नोट दिँदै भनिन्, ‘दुई रुपैयाँ फिर्ता दिनोस् ।’ तर, चालकले दुई रुपैयाँ फिर्ता दिएनन्, त्यसको साटो उनले दुईवटा चकलेट यात्रुतिर तेर्स्याए ।
यात्रु चकलेट समाउन अस्वीकार गर्दै रिसाइन् ‘तपाईको त्यो चकलेट चाहिँदैन, त्यो तपाई नै राख्नोस्, मलाई दुई रुपैयाँ फिर्ता चाहियो ।’ तर, चालकले आफूसँग दुई रुपैयाँ फिर्ता नभएको बताउँदै चकलेट आफैंले राखे । अन्ततः नयाँ बानेश्वरदेखि कुपण्डोलसम्मको भाडा २० रुपैयाँ तिरेर महिला ओर्लिइन् । ओर्लिँदै गर्दा उनले भनिन्, ‘तपाईहरु चाहिँ यात्रुलाई एक रुपैयाँ पनि छाड्नुहुन्न, अबदेखि चकलेट हैन, फिर्ता पैसा राख्ने गर्नुहोला है गुरुजी ।’
महिला गइसकेपछि चालकले अरु यात्रुलाई सुनाउने गरी भने, ‘सरकारले कि १५ रुपैयाँ कि २० रुपैयाँ भाडा बनाइदिएको भए हुन्थ्यो, १८ रुपैयाँ भनायो, फिर्ता लिने खुद्रा पैसा नै पाइँदैन ।’ बा १ ह ४४०१ नम्बरको सो टेम्पोको अगाडि बढेको भाडादरेट सम्बन्धी सूचना टाँसिएको थियो, जसमा १८ रुपैयाँदेखि २७ रुपैयाँसम्म भाडादर कायम गरिएको उल्लेख थियो ।
वागमती प्रदेश सरकारले गत असोज २० गते गरेको निर्णय अनुसार कात्तिक १ गतेदेखि लागू हुने गरेर २८ प्रतिशत भाडा समायोजन गरिएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण