नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम बढेन
आइतबार, ०७ कात्तिक २०७८, १५ : २८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा उत्साहजनक वृद्धि आएको हो । यसक्रममा आज २ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएर ५८ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । बजार दोहोरो अंकले बढेपनि आज व्यापार समूहमा ३२.४७ अंकको गिरावट आएको छ ।
यसबाहेक, अन्य सबै समूहमा उत्साहजनक सुधार आएको छ । उत्पादनमूलक समूह १०५ अंक, वित्त ८९ अंक, विकास बैंक ७२ अंक, जीवन बीमा ६७ अंक र लघुवित्त समूहमा ५३ अंकको सुधार आएको छ । वेस्ट फाइनान्स र रिदि हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य समान १०/१० प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण