अमेरिकाद्वारा नेपाललाई १ लाख ६२० मात्रा खोप सहयोग, थप सहयोगको प्रतिबद्धता
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराएको छ । गत असारमा गरिएको १५ लाख मात्राको जोन्सन एण्ड जोन्सन खोपका अतिरिक्त अमेरिकाले अहिले फेरि फाइजरको खोप उपलब्ध गराएको हो । सोमबार एक विज्ञप्तिमार्फत नेपालस्थित अमेरिकी दूतावासले खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।
महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरुप अमेरिकाले खोप निःशुल्क र पूर्वशर्तबिना अनुदानमा प्रदान गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेपिड केभान्साबाट मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई खोप हस्तान्तरण भयो ।
युनिसेफमार्फत खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा पछिको समयमा बाँकी मुलुकमा खोप वितरण गर्ने बेला नभएसम्मका लागि उक्त खोप भण्डारण गरिने दूतावासले जनाएको छ ।

‘जीवन रक्षा गर्ने १ लाख ६२० मात्राको फाइजर खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउँदै कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिन पाएकोमा अमेरिकालाई खुशी लागेको छ । यस खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना सुनिश्चित गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा हामीलाई गर्व लागेको छ’, उनको भनाइ छ ।
अमेरिकाले आगामी दिनमा पनि थप मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण