नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त
सोमबार, ०८ कात्तिक २०७८, २३ : १०
सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले एयरलाइन्सका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो । अधिकारीले निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।
निगममा डिमप्रसाद पौडेल महाप्रबन्धक छन् । उनलाई तत्कालीन केपी ओली सरकारले नियुक्त गरेको थियो । नयाँ नियुक्तिसँगै उनको भूमिका खुम्चिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण