एनआईसी एशियाले १५ प्रतिशत बोनस सेयर दिने
मङ्गलबार, ०९ कात्तिक २०७८, १० : ४३
एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५.७८९ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको ५११औं सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (१ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर (१ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४औं वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि वितरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण