एनआईसी एशियाले १५ प्रतिशत बोनस सेयर दिने
मङ्गलबार, ०९ कात्तिक २०७८, १० : ४३
एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५.७८९ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको ५११औं सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (१ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर (१ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४औं वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि वितरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची