एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै
मङ्गलबार, ०९ कात्तिक २०७८, ११ : १०
कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप मंगलबारदेखि लगाउन थालिएकाे छ । काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा आजबाट दिन थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।
यस्तै, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका स्थानीय तहका खोप केन्द्रमा आजदेखि तीन दिनसम्म अभियान सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण