एमाले अधिवेशन : सुर्खेतको वीरेन्द्रनगरका ११ वटा वडामा सर्वसम्मत नेतृत्व चयन
मङ्गलबार, ०९ कात्तिक २०७८, १८ : ४५
सुर्खेतको वीरेन्द्रनगरका ११ वटा वडाहरूमा एमालेको सर्वसम्मत नेतृत्व चयन गरिएको छ। विभिन्न कार्यक्रम गर्दै यी वडाहरुमा अधिवेशन सम्पन्न गरिएको हो । जस अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ को अध्यक्षमा हरी पौडेल, २ मा लालसिंह सुनार, ४ नवराज कँडेल, ५ बासु आचार्य, ६ चक्र खड्का , ७ मा खड्ग दर्लामी, ८मा देवी पौडेल, ९ मा धनबहादुर सलामीलाई चयन गरिएको छ।
यस्तै १२ नम्बर वडाको अध्यक्षमा चूडामणि चपाइँ,१३ मा बासुदेव पौडेल र १४ मा नवराज रोकाय अध्यक्ष बनेका छन् ।
अब, ३, १०, १५ र १६ वडाको भने बाँकी रहेको एमालेका नेतृ तथा वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले जानकारी दिइन् । एमालेले कात्तिक ६ मै अन्य स्थानमा अधिवेशन गरेको भएपनि वीरेन्द्रनगरमा हुन सकेको थिएन।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण