जिरुको गोलसँग मिलान शीर्ष स्थानमा
बुधबार, १० कात्तिक २०७८, १० : ०२
इटालियन सिरिएमा ओलिभिर जिरुले गरेको निर्णायक गोलको सहयोगमा एसी मिलान शीर्ष स्थानमा उक्लिएको छ । आर्सनल तथा चेल्सीका पूर्व स्ट्राइकर जिरुले टुरिनोविरुद्ध खेलको १४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले राडे क्रुनिकको पासमा गोल गरेका थिए । गत सिजनको अन्त्यमा चेल्सीसँगको सम्झौता सकिएपछि उनी मिलान आएका थिए । मिलानबाट ६ वटा लिग खेलमा जिरुले ४ गोल गरेका छन् ।
यस जीतसँगै सिरिएमा १० खेलबाट मिलानले २८ अंक बटुलेको छ । ९ खेल खेलेको नापोलीको २५ अंक छ । नापोलीले बिहीबार बोलोग्नाको सामना गर्दैछ । यता, मिलानले आगामी आइतबार एएस रोमासँग प्रतिस्पर्धा गर्नेछ । लिगमा १८ अंकसहित इन्टर मिलान तेस्रो र १६ अंकसहित रोमा चौथो स्थानमा छन् । त्यसैगरी पाँचौ र छैटौं स्थानमा क्रमशः एटलान्टा र युभेन्टस् छन् । उनीहरुmले ९ खेलबाट समान १५ अंक बटुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण