जिरुको गोलसँग मिलान शीर्ष स्थानमा
बुधबार, १० कात्तिक २०७८, १० : ०२

इटालियन सिरिएमा ओलिभिर जिरुले गरेको निर्णायक गोलको सहयोगमा एसी मिलान शीर्ष स्थानमा उक्लिएको छ । आर्सनल तथा चेल्सीका पूर्व स्ट्राइकर जिरुले टुरिनोविरुद्ध खेलको १४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले राडे क्रुनिकको पासमा गोल गरेका थिए । गत सिजनको अन्त्यमा चेल्सीसँगको सम्झौता सकिएपछि उनी मिलान आएका थिए । मिलानबाट ६ वटा लिग खेलमा जिरुले ४ गोल गरेका छन् ।
यस जीतसँगै सिरिएमा १० खेलबाट मिलानले २८ अंक बटुलेको छ । ९ खेल खेलेको नापोलीको २५ अंक छ । नापोलीले बिहीबार बोलोग्नाको सामना गर्दैछ । यता, मिलानले आगामी आइतबार एएस रोमासँग प्रतिस्पर्धा गर्नेछ । लिगमा १८ अंकसहित इन्टर मिलान तेस्रो र १६ अंकसहित रोमा चौथो स्थानमा छन् । त्यसैगरी पाँचौ र छैटौं स्थानमा क्रमशः एटलान्टा र युभेन्टस् छन् । उनीहरुmले ९ खेलबाट समान १५ अंक बटुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा