केपी ओली र प्रभु साहबीच भेटवार्ता
बुधबार, १० कात्तिक २०७८, १२ : ४७
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साहलाई बुधबार बिहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए ।
माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका प्रभु साह पछिल्लो समय एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका थिए । ओलीले आफ्ना ८ बुँदे मागहरु पूरा नगरेकाले एमालेमा रहन नसकिने साहको भनाइ थियो । उनले एमाले बैठक समेत बहिष्कार गर्दै आएका थिए ।
तर आजको छलफलमा ८ बुँदे माग कार्यान्वन गर्ने विषयमा ओलीसँग सहमति नजिक पुगेको र फेरि छलफलमा बस्ने सहमति भएको एमाले स्रोतले रातोपाटीलाई जानकारी दियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल
-
नयाँ सहर बसाल्न साउदीले लियो खतरनाक निर्णय
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ