फोक्सुन्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता
बुधबार, १० कात्तिक २०७८, १६ : १६
हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुन्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् । दुनैबाट पैदल हिँडेर फोक्सुन्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्दै
-
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीन वायुको प्रभाव नेपालमा, यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
-
दश महिनामा दश हजार पर्यटक रारा पुगे