शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश प्रमुखको कार्यालय शपथका लागि सजाइँदै (तस्बिरहरु)

बिहीबार, ११ कात्तिक २०७८, १४ : १६
बिहीबार, ११ कात्तिक २०७८

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे नियुक्त हुने निश्चित भएसँगै प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि आवश्यक तयारी थालिएको छ । मुख्यमन्त्रीमा पाण्डे र प्रदेश सरकारका अन्य तीन मन्त्री आज नियुक्त हुँदैछन् ।

दिउँसो साढे तीन बजे शपथ ग्रहणको समय निर्धारण गरिएको छ । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयमा अतिथिहरूका लागि आसनको व्यवस्था मिलाउन थालिएको छ । काँग्रेसबाट कृष्णलाल भडेल, नेकपा एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनाल र नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तानले मन्त्रीको जिम्मेवारी पाउँदैछन् ।

गठबन्धन दलको बैठकमा भडेलले भौतिक पूर्वाधार मन्त्रालय, खनालले सामाजिक विकास मन्त्रालय र मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप