बागमती प्रदेश प्रमुखको कार्यालय शपथका लागि सजाइँदै (तस्बिरहरु)
बिहीबार, ११ कात्तिक २०७८, १४ : १६
बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे नियुक्त हुने निश्चित भएसँगै प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि आवश्यक तयारी थालिएको छ । मुख्यमन्त्रीमा पाण्डे र प्रदेश सरकारका अन्य तीन मन्त्री आज नियुक्त हुँदैछन् ।

दिउँसो साढे तीन बजे शपथ ग्रहणको समय निर्धारण गरिएको छ । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयमा अतिथिहरूका लागि आसनको व्यवस्था मिलाउन थालिएको छ । काँग्रेसबाट कृष्णलाल भडेल, नेकपा एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनाल र नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तानले मन्त्रीको जिम्मेवारी पाउँदैछन् ।
गठबन्धन दलको बैठकमा भडेलले भौतिक पूर्वाधार मन्त्रालय, खनालले सामाजिक विकास मन्त्रालय र मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण