बागमती प्रदेश : मन्त्रालय भागबण्डामा हेरफेर
बागमती प्रदेशमा गठबन्धनले आज नियुक्त हुने मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका कृष्णप्रसाद खनालले सामाजिक विकास मन्त्रालय लिन नचाहेका कारण गठबन्धनले यसअघि तोकेको जिम्मेवारीमा हेरफेर गरिएको हो ।
प्रदेशमा आज नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र समाजवादी पार्टीका संसदीय दलका उपनेताहरु सरकारमा जाने तयारी गरेका छन् । प्रदेश मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदैछन् । पाण्डेसँगै ३ मन्त्री नियुक्त हुँदैछन् ।
प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट दलको उपनेता कुमारी मोक्तान, काँग्रेसबाट दलको उपनेता कृष्णलाल भडेल र एकीकृत समाजवादीबाट दलका उपनेता कृष्णप्रसाद खनालले मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जम्कट्टेलका अनुसार मोक्तानले सामाजिक विकास मन्त्रालय, भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
यसअघि गठबन्धनको बैठकले मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, खनाललाई सामाजिक विकास मन्त्रालय र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । आफूले यसअघि पनि सामाजिक विकास मन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेकाले आफ्नो इच्छा अनुसार मन्त्रालय हेरफेर भएको एकीकृत समाजवादी पार्टीका उपनेता खनालले बताए ।
आफूले दलका नेता समक्ष पुनः सामाजिक विकास मन्त्रालय नजाने इच्छा गरेपछि आन्तरिक मामिलामा जिम्मेवारी दिइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण