शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

बिहीबार, ११ कात्तिक २०७८, २२ : ३३
बिहीबार, ११ कात्तिक २०७८

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । 

मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् ।   मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेको छन् ।

उनलाई काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन रहेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप