आर्यन आज जेलबाट बाहिरिन सक्ने : वकिलले भने, ‘शाहरुख खानको आँखामा खुुसीको आँसु देखियो’
मुम्बईको आर्थर रोड जेलमा बन्द आर्यन खानका लागि भारतकै दिग्गज वकिल मुकुल रोहतगीको मद्दत लिने शाहरुख खानको निर्णय सही साबित भयो । तल्लो अदालतबाट दुईपटक जमानतको निवेदन खारेज भएपछि आर्यनलाई बिहिबार बेलुका जमानत दिइएको छ । निर्णय बेलुका आएका कारण आर्यन बिहिबार नै जेलमुक्त भने हुन सकेनन् । कागजी कारवाही पूरा भएपछि शुक्रबार आर्यन जेलबाट बाहिरिन सक्ने सम्भावना छ । यस्तो भएको खण्डमा उनी २६ दिनपछि मन्नत अर्थात् आफ्नो घरमा कदम राख्नेछन् ।
आर्यनले जमानत पाएपछि वकिल मुकुल रोहतगीले शाहरुख खान उनलाई भेट्न जाँदा उनको आँखाको आँसु भएको बताए । उनका अनुसार ती आँसु खुसीका थिए । उनले भने, ‘शाहरुखले अब राहतको सास फेरेका छन् । आर्यन अब शाहरुखको जन्मदिन (२ नोभेम्बर) मा परिवारसँग हुनेछन् र दिपावली पनि घरमा नै मनाउन सक्नेछन् ।’
मन्नतमा प्रशंसकको भीडः
आर्यनको जमानतको खबरपछि नै शाहरुख खानको बंगला ‘मन्नत’ बाहिर प्रशंसकको भीड देखिएको भारतीय सञ्चार माध्यमले बताएका छन् । बिहिबार अबेर राती केही प्रशंसकले आतिशबाजी पनि गरेका थिए । शुक्रबार पनि अत्यधिक भीड हुने सम्भावनालाई मध्यनजर गर्दै मन्नत बाहिर प्रहरीबल तैनाथ गरिएको छ ।
यी ७ शर्तसहित आर्यनलाई जमानत दिइयोः
– आर्यन यी केसका अन्य कुनै पनि आरोपीसँगको सम्पर्कमा रहने छैनन् ।
– प्रमाणमाथि छेडछाड गर्ने छैनन् ।
– आफनो पासपोर्ट स्थानीय प्रहरीलाई दिनेछन् ।
– मिडियामा बयानबाजी गर्ने छैनन् ।
– अदालतको अनुमति बिना देश छोड्ने छैनन् ।
– आवश्यकता पर्दा एनसीबीलाई सहयोग गर्नेछन् ।
– यीमध्ये कुनै पनि शर्त उल्लंघन गर्दा जमानत रद्द गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण