आंशिक रुपमा इजलास चलाउन दुई न्यायाधीशको प्रतीक्षामा अन्य न्यायाधीश !
सर्वोच्च अदालतमा जारी संकटकै बीच न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्नेबारे छलफलमा जुटेका छन् । लामो समय इजलास प्रभावित हुँदा न्याय सम्पादनमै असहज अवस्था आइपरेको भन्दै न्यायाधीशहरु शुक्रबार छलफल भएको हो ।
छलफलका क्रममा प्रधानन्यायाधीशको राजीनामाको मागलाई कायम राख्दै आंशिक रुपमा इजलास खोल्ने कि भन्नेबारे छलफल भएको एक न्यायाधीशले जानकारी दिए । आजको बैठकमा हाल खप्तडमा रहेका दुई न्यायाधीश सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा फर्किएपछि थप छलफल गरेर निर्णय लिने समझदारी भएको छ ।
ती न्यायाधीशका अनुसार आजको बैठकमा बन्दीप्रत्यक्षीकरणलगायतका मुद्दा हेर्नेगरी इजलास सुचारु गर्नेगरी छलफल भएको छ । मल्ल र प्रधान फर्किएपछि आइतबार बिहान निर्णय गरेर निष्कर्षमा पुगिनेछ । पछिल्लो समय प्रधानन्यायाधीशको कार्यशैलीमाथि प्रश्न उठाउँदै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने अदालतमा गुटबन्दी देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताका जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ