आंशिक रुपमा इजलास चलाउन दुई न्यायाधीशको प्रतीक्षामा अन्य न्यायाधीश !
सर्वोच्च अदालतमा जारी संकटकै बीच न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्नेबारे छलफलमा जुटेका छन् । लामो समय इजलास प्रभावित हुँदा न्याय सम्पादनमै असहज अवस्था आइपरेको भन्दै न्यायाधीशहरु शुक्रबार छलफल भएको हो ।
छलफलका क्रममा प्रधानन्यायाधीशको राजीनामाको मागलाई कायम राख्दै आंशिक रुपमा इजलास खोल्ने कि भन्नेबारे छलफल भएको एक न्यायाधीशले जानकारी दिए । आजको बैठकमा हाल खप्तडमा रहेका दुई न्यायाधीश सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा फर्किएपछि थप छलफल गरेर निर्णय लिने समझदारी भएको छ ।
ती न्यायाधीशका अनुसार आजको बैठकमा बन्दीप्रत्यक्षीकरणलगायतका मुद्दा हेर्नेगरी इजलास सुचारु गर्नेगरी छलफल भएको छ । मल्ल र प्रधान फर्किएपछि आइतबार बिहान निर्णय गरेर निष्कर्षमा पुगिनेछ । पछिल्लो समय प्रधानन्यायाधीशको कार्यशैलीमाथि प्रश्न उठाउँदै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने अदालतमा गुटबन्दी देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण