बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुर्खेत जग्गा प्रकरण : तीन जनालाई कारागार चलान गर्न आदेश

शुक्रबार, १२ कात्तिक २०७८, २० : १०
शुक्रबार, १२ कात्तिक २०७८

सुर्खेतमा एक व्यक्तिको जग्गा थाहै नदिइ अर्कैलाई बिक्री गर्ने कार्यमा संलग्न रहको आरोप लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ। उच्च अदालत सुर्खेतले वीरेन्द्रनगरका सन्तोष ठाकुरसहित तीन जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको संयुक्त इजलासले  सौ​गात रावतको जग्गा उनलाई थाहै नदिइ अर्कैलाई बेच्ने वीरेन्द्रनगर–२ भुरेलीका ठाकुर सहित वीरेन्द्रनगर–५ का निर्मल पुरी र वीरेन्द्रनगर–२ का गोर्खबहादुर भन्ने गणेश बुढालाई कारागार चलान गर्न आदेश दिएको हो । 

उनीहरूले जग्गा मालिक सौगात रावतको सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए। रावतको उक्त, सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो।
रावतको नाममा दर्ता भएको भएको वीरेन्द्रनगर–१२ रहेको कित्ता नं ३१११ को जग्गामध्ये २०७७ असार १० गतेपछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो।

२०७७ पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको खुलेको हो। ठाकुरसहितले सहवीर कार्कीको नाममा राजीनामा लिखित पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित यो प्रकरणमा मुछिएका थिए।

यसअघि वैशाख १६ गते उनीहरूलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए। ठाकुरबाट ५ लाख, पुरी र बुढाबाट ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो।  उच्च अदालतले उक्त आदेशलाई बदर गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप