बग्दादमा ३ वटा रकेट अवतरण
इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतवार तीनवटा कात्युशा रकेटहरू अवतरण गरिएका छन् । यहाँको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन ।
बिहान सबेरै रकेटहरू अलमन्सूर नजिक अवतरण गरिएका थिए । स्रोतले सिन्ह्वालाई जनाएअनुसार उक्त रकेटहरू मध्ये एउटा रेड क्रिसेन्ट अस्पताल नजिक, अर्को अल जैटौन स्ट्रिट नजिक र तेस्रो अल–अमिरात स्ट्रीटको एक निजी बैंक बाहिर अवतरण भएका थिए ।
यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि नजिकका भवनहरू र कारहरूमा केही क्षति पुगेको स्रोतले बताएको छ । रकेटहरूले स्पष्ट रूपमा अमेरिकी दूतावास नजिक ग्रीन जोनलाई निशाना बनाएका थिए तर त्यसले लक्ष्य ठम्याउन भने असफल भएको छ ।
ग्रीन जोन, जसमा केही मुख्य इराकी सरकारी कार्यालयहरू र अन्य विदेशी दूतावासहरु पनि छन् । उक्त क्षेत्रमा विद्रोहीहरूले बारम्बार मोर्टार र रकेट आक्रमण गर्ने प्रयास गरिरहेका छन् । करिब १० वर्ग किलोमिटरको सो क्षेत्र टाइग्रिस नदीको पश्चिमी किनारमा अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण