बैंक तथा वित्तीय संस्थाहरु सबै बागमतीमा केन्द्रित, कर्णालीमा जम्मा ४ प्रतिशत
बैंक तथा वित्तीय संस्थाहरु प्रायः बागमती प्रदेश केन्द्रित भएका छन् । हालैमात्र राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार अधिकतम ३४ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु बागमती प्रदेशमा मात्र केन्द्रित भएको देखाएको हो ।
बैंकले संकलन गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७÷७८ सम्ममा सबैभन्दा बढी बागमती प्रदेशमा कुल बैंक तथा वित्तीय संस्थाको अधिकतम ३४ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा जम्मा ४ प्रतिशत मात्र उपस्थिति रहेको देखाएको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बागमती प्रदेशमा नै केन्द्रित रहेको छ भने कर्णाली प्रदेशमा यस्तो दर अत्यन्त न्यून रहेको देखिन्छ । तथापि, पछिल्ला वर्षहरुमा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशहरूमा स्रोत साधनका साथै बैंकिङ गतिविधि समेत क्रमिक रुपमा बढ्दै गएको राष्ट्र बैंकको रिपोर्टले जनाएको छ ।
सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बागमती बाहेकका प्रदेशहरूमा उत्साहजनक रुपमा बढेको बैंकले जनाएको छ । साथै, औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकता प्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रुपमा सन्तुलित हुँदै गएको बैंकले जनाएको छ ।
तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको समेत बैंकले औंल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण