तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले अहिले ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको बताए । उनले तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो औंल्याए । नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला रौतहट आएका उनले मंगलबार चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धन चुनावसम्म रहने पनि बताए । गठबन्धनका नेताहरु बसेर तालमेलका साथ चुनावमा जान सक्ने उनको भनाइ थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफूले चाहेमा तत्कालै ढाल्न सक्ने भनेकोतर्फ लक्षित गर्दै नेता नेपालले ‘क्षेप्यास्त्र हानेर सरकार ढाल्ने ?’ भन्दै प्रतिप्रश्न गरे । ओली गफाडी नेता रहेको भन्दै उनले सरकार ढाल्ने कुरा दिवास्वप्न मात्र भएको बताए । घर घरमा ग्याँस, नेपाली झण्डावाल पानी जहाज सञ्चालन गर्नेजस्ता हावादारी गफ दिएको भन्दै उनले ओलीका अभिव्यक्तिलाई गम्भीरताका साथ हेर्न जरुरी नरहेको बताए ।

उनले प्रधानन्यायाधीशको विषयमा अहिलेसम्म गठबन्धनबिच छलफल नभएको बताए । यसबारे पाँच दलका शीर्ष नेताबीच छलफल हुने पनि उनले प्रस्ट पारे । पत्रकार सम्मेलनमा पर्साका सांसद नागेन्द्र चौधरी, डा. वंशीधर मिश्र लगायतको उपस्थिति थियो । अध्यक्ष नेपाल चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण