बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली को–को बन्दैछन् मन्त्री ?

मङ्गलबार, १६ कात्तिक २०७८, १७ : ५६
मङ्गलबार, १६ कात्तिक २०७८

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनी समक्ष दाबी पेश गरिसकेका छन् ।  प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) दलको समर्थनमा नेपालको संविधान २०७२ धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । स्रोतका अनुसार उनको आजै बेलुका आठ बजेसम्ममा शपथ हुने छ। यो सँगै कर्णालीमा अन्य मन्त्री कसलाई बनाउने भन्नेबारेमा पनि छलफल भइरहेको छ। 

कुन दलबाट कसको नाम छ चर्चामा ?
यसअघि नेपाली काँग्रेसले २ मन्त्रालयको जिम्मा पाएको थियो भने माओवादी केन्द्रले मुख्यमन्त्री सहित २ मन्त्रालयको जिम्मा पाएको थियो । र, गैरसांसद अर्थात एकीकृत समाजवादीले ३ मन्त्रालयको जिम्मा पाएको थियो ।
अब बन्ने मन्त्रिमण्डलको लागि अहिले कुनै खालको निर्णय नभएको माओवादी केन्द्रका एक नेताले रातोपाटीलाई जानकारी दिए । यद्यपी,  माओवादी केन्द्रबाट सांसद विन्दमान विष्टको नाम प्रमुख चर्चामा रहेको छ । किनकी उनी यसअघि मन्त्रि नियुक्त भएपनि सपथ ग्रहण गर्ने समय भन्दा पहिलेनै बाहिरिएका थिए । 

यस्तै प्रमुख सचेतकको रुपमा रहेका ठम्मर विष्टले पनि मन्त्री बन्ने आकाँक्षा जाहेर गरेका छन् ।  नयाँ अनुहारमा कृष्णा शाहको नाम पनि चर्चामा रहेको छ। यता एकीकृत समाजवादीले भने आफ्ना तिनै जना सांसदलाई अगाडी सार्ने निर्णय गरेपनि समीकरण मिलाउन २ जना मन्त्रीमा आउनसक्ने आँकलन गरिएको छ । 

यस्तै काँग्रेसले मुख्यमन्त्री बाहेक एउटा मन्त्रीमात्र लिन पाउने भएको छ । त्यसका लागि सांसद हिमबहादुर शाहीको नाम चर्चामा रहेको छ। शाही काँग्रेसका प्रमुख सचेतक समेत हुन् । कर्णालीमा माओवादी केन्द्रका ११, कांग्रेसका ६ र एकीकृत समाजवादीका ३ प्रदेश सभा सदस्य छन्। हाल कायम ३५ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि १८ मत आवश्यक पर्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप