नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताएका छन् । बुधवार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताएका हुन् ।
उनले विश्वका २ सयभन्दा बढी देशहरुमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले भने, ‘हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरिब भएका छौँ, पैसाले हुने भए सगरमाथा युरोपतिरै जन्माउँथे यहाँ चढ्न किन आउँथे, ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायको नेता नेपालमै छन्, पशुपतिनाथ र गौतम बुद्ध, विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी ४० लाख नेपालीहरु रोजगारी खोज्न विदेशमा छौँ, हामीले हाम्रै देशमा आर्जनको स्थल बनाउन सक्छौ, आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौँ, देशका युवाहरुले बुझ्न जरुरी छ ।’
मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताए । जति प्रगति भएपनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो जनता भएको र जनताले माया गरुन्जेलसम्म राजनीतिक पार्टीहरू ठूलो भएको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग : माओवादीलाई अध्यक्ष छाड्न तयार छैनन् कांग्रेस–एमाले
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?