नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताएका छन् । बुधवार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताएका हुन् ।
उनले विश्वका २ सयभन्दा बढी देशहरुमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले भने, ‘हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरिब भएका छौँ, पैसाले हुने भए सगरमाथा युरोपतिरै जन्माउँथे यहाँ चढ्न किन आउँथे, ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायको नेता नेपालमै छन्, पशुपतिनाथ र गौतम बुद्ध, विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी ४० लाख नेपालीहरु रोजगारी खोज्न विदेशमा छौँ, हामीले हाम्रै देशमा आर्जनको स्थल बनाउन सक्छौ, आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौँ, देशका युवाहरुले बुझ्न जरुरी छ ।’
मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताए । जति प्रगति भएपनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो जनता भएको र जनताले माया गरुन्जेलसम्म राजनीतिक पार्टीहरू ठूलो भएको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण