शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

वन कुखुरालाई ताकेको बन्दुकले जब श्रीमती नै ढलिन्

बुधबार, १७ कात्तिक २०७८, १२ : ४५
बुधबार, १७ कात्तिक २०७८

गुल्मीमा दुई दिनअघि जंगलमा वन कुखरा मार्न भनि एक पुरुषले ताकेको बन्दुकको छर्रा लागेर उनकै श्रीमती ढलेकी छन् । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १५ गते राति करिव १० बजेको समयमा जिल्लाको मुसिकोट नगरपालिका–४, बडागाउँ काप्भलाका दिपक काउछा र उनकी ४२ वर्षीय श्रीमती वसन्ती काउछा घरबाट २ सय मिटरको दुरीमा पर्ने धारापानी जंगलमा वन कुखरा मार्न बन्दुक बोकेर गएका थिए ।

सोही क्रमममा वन कुखुरालाई प्रहार गरेको गोलीको छर्रा उनकै पत्नीको ढाडमा लागेको थियो । घटनास्थलमै घाइते भएर ढलेकी वसन्तीको हाल छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको पेटबाट गोलीका ४÷५ वटा छर्रा निकालिएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उक्त घटनाबारे प्रहरीलाई मंगलबार मात्र जानकारी भएको हो । बन्दुक प्रहार गर्ने दिपक सो घटनालगत्तै फरार भए पनि प्रहरीले सोही वडाको गजुङ्गा भन्ने स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप