शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यन ‘ड्रग्स केस’ मा फसेपछि चिन्तित थिए राहुल गान्धी, लेखे शाहरुख खानलाई पत्र

बिहीबार, १८ कात्तिक २०७८, ०९ : १५
बिहीबार, १८ कात्तिक २०७८

बलिउड अभिनेता शाहरुख खान र गौरी खानका छोरा आर्यन खान ‘ड्रग केस’ मा फसेपछि बलिउडदेखि राजनीतिक क्षेत्रमा पनि होहल्ला भयो । यद्यपि, आर्यत अक्टोबर ३० मा जेलबाट बाहिर आइसकेका छन् । तर, शाहरुख र गौरी आफ्नो छोराका लागि निकै चिन्तित छन् । उनीहरु आर्यनको मानसिक स्वास्थ्यको विषयमा चिन्तित छन् । 

यसैबीच, भारतीय कंग्रेसका नेता राहुल गान्धीले अक्टोबर १४ मा शाहरुख खान र गौरी खानको नाममा पत्र लेखेका छन् । उनले आर्यन खान लागुऔषध प्रकरणमा मुछिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । 

इन्डिया टुडेका अनुसार कंग्रेस पूर्व अध्यक्ष राहुल गान्धीले पत्रमा आर्यन जेलमा रहँदाको पीडा महसुस गर्न सक्ने उल्लेख गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘कुनै छोराछोरी पनि यस्तो अवस्थाको लायक हुँदैनन् । शाहरुख खानले धेरै व्यक्तिहरुका लागि राम्रो काम गर्दै आएका छन् । उनका प्रशंसकहरुको प्रार्थना र उनका राम्रा कामहरु उनीसँग छन् ।’ उनले आर्यन छिट्टै रिहा हुने पनि बताएका थिए । उनले सबै परिवारमा छिट्टै खुशी छाउने पनि आशा व्यक्त गरेका छन् । आर्यन खान २८ दिन जेलमा रहेका छुटेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप