आर्यन ‘ड्रग्स केस’ मा फसेपछि चिन्तित थिए राहुल गान्धी, लेखे शाहरुख खानलाई पत्र
बलिउड अभिनेता शाहरुख खान र गौरी खानका छोरा आर्यन खान ‘ड्रग केस’ मा फसेपछि बलिउडदेखि राजनीतिक क्षेत्रमा पनि होहल्ला भयो । यद्यपि, आर्यत अक्टोबर ३० मा जेलबाट बाहिर आइसकेका छन् । तर, शाहरुख र गौरी आफ्नो छोराका लागि निकै चिन्तित छन् । उनीहरु आर्यनको मानसिक स्वास्थ्यको विषयमा चिन्तित छन् ।
यसैबीच, भारतीय कंग्रेसका नेता राहुल गान्धीले अक्टोबर १४ मा शाहरुख खान र गौरी खानको नाममा पत्र लेखेका छन् । उनले आर्यन खान लागुऔषध प्रकरणमा मुछिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
इन्डिया टुडेका अनुसार कंग्रेस पूर्व अध्यक्ष राहुल गान्धीले पत्रमा आर्यन जेलमा रहँदाको पीडा महसुस गर्न सक्ने उल्लेख गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘कुनै छोराछोरी पनि यस्तो अवस्थाको लायक हुँदैनन् । शाहरुख खानले धेरै व्यक्तिहरुका लागि राम्रो काम गर्दै आएका छन् । उनका प्रशंसकहरुको प्रार्थना र उनका राम्रा कामहरु उनीसँग छन् ।’ उनले आर्यन छिट्टै रिहा हुने पनि बताएका थिए । उनले सबै परिवारमा छिट्टै खुशी छाउने पनि आशा व्यक्त गरेका छन् । आर्यन खान २८ दिन जेलमा रहेका छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण