मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माधव नेपालको पार्टीमा जिम्मेवारी बाँडफाँड, गठबन्धन चुनावसम्म जाने

बिहीबार, १८ कात्तिक २०७८, २० : १२
बिहीबार, १८ कात्तिक २०७८

आज मिति २०७८ साल कात्तिक महिनाको १८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई हामीले प्रस्तुत गरेका छन् । आजका मुख्यमुख्य समाचारमा ओली र प्रचण्डबीच आरोप प्रत्यारोप, माधव नेपालको पार्टीमा जिम्मेवारी बाँडफाँड, तिहार विशेष, कोरोना अपडेटलगायत रहेका छन् ।

१.माधव नेपालको पार्टीमा जिम्मेवारी बाँडफाँड

नेकपा (एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन् । सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ ।

​ २. ओली प्रचण्डको अभिव्यक्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् । बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताएका हुन् । उनले प्रचण्डलाई नेपाललाई कुरुक्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे ।

​यता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् ।

​३. कर्जा सुरक्षण कोषमा सीईओ नियुक्ति प्रकृया

निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सूचना निकाल्दा नै जालझेल गरेको अर्थ मन्त्रालयले त्यसलाई सच्याएको छ । कोषमा सीईओ नियुक्त गर्ने क्रममा पदपूर्ति छनौट समितिले गडबडी गरेको तथ्य रातोपाटीले सार्वजनिक गरेको थियो ।

पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा  ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।

​५. गठबन्धन चुनावसम्म जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ।  गठबन्धन चुनावसम्मै जान्छ ।’ 

६. भरतपुर क्षेत्रमा बिजुली

चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो ।

७. यो पनि

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा लक्ष्मी पूजाको अवसरमा आयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताइन् ।

​कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई  सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् ।

​थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप