सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
सारांश
- शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।
- पापडका अनुसार वर्तमान शासन सञ्चालनको शैलीले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षणजस्ता मान्यतालाई कमजोर बनाउने प्रयास भइरहेको छ।
- सुकुमबासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रतामा असर पुग्ने गतिविधि, संसद्को भूमिका खुम्च्याउने प्रवृत्ति तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने कार्यप्रति पापडले असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।
काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।
बुधबार जारी विज्ञप्तिमार्फत पापडले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भए पनि वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य–मान्यतालाई कमजोर बनाउने प्रयास भइरहेको जनाएको छ।
पापडले लोकतन्त्र निर्वाचनमार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराउँदै राज्यका सबै अङ्गलाई त्यसको सम्मान गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा पछिल्लो समय सुकुमबासी बस्ती जबर्जस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि असर पुग्ने गतिविधि, संसद्को प्रभावकारी भूमिका खुम्च्याउने प्रवृत्ति तथा नागरिक अधिकार सङ्कुचित गर्ने प्रयासप्रति असन्तुष्टि जनाइएको छ।
त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि आघात पुग्ने गरी सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने प्रयास, संविधानप्रदत्त पेसागत तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयहरूको स्वायत्ततामा हस्तक्षेप तथा शिक्षा र स्वास्थ्य क्षेत्रप्रतिको नीतिगत अस्पष्टताप्रति पनि पापडले विरोध जनाएको छ।
पापडले नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संविधानको अक्षर र भावनाको सम्मान गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता, नागरिक अधिकार र संस्थागत सन्तुलनको रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।
लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, पेसागत सङ्गठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट हुन पनि पापडले आह्वान गरेको छ।
यसैबिच नागरिक अधिकार खुम्च्याउने तथा प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासङ्घले असार ५ गते दिउँसो ४ बजे माइतीघरमा आयोजना गर्ने र्यालीप्रति पापडले ऐक्यबद्धता जनाएको छ। साथै उक्त र्यालीमा सहभागी हुन सबै सरोकारवालालाई आह्वान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण