प्रियंकाले पति निकसँगै मनाइन् दीपावली, तस्बिर भाइरल
बलिउड अभिनेत्री प्रियंका चोपडा बिहेपछि आफ्ना पतिसँगै अमेरिकामा बस्न थालेकी छिन् । तर, उनले आफ्नो संस्कृति बिर्सेकी छैनन् । चाडपर्वहरू भव्य रुपमा मनाउने गरेकी छिन् । प्रियंकाले दीपावली पनि भव्य रुपमा मनाइन् । सामाजिक सञ्जालमा उनले आफ्ना पतिसँगै दिपावली गरेको तस्बिर हालेकी छिन् ।
यस तस्बिरमा पति–पत्नी दुबै परम्परागत पोशाक देखिन्छन् । प्रियंकाले पहेँलो रंगको साडी लगाएकी छिन् भने निकले सेतो रंगको कुर्ता पाइजामा लगाएका छन् । हातमा पूजाको थाली लिएर दुबैले लक्ष्मीको पूजा गरिरहेका छन् ।
तस्बिर सार्वजनिक गर्दै प्रियंकाले क्याप्सनमा लेखेकी छिन्, ‘या देवी सर्वभूतेषु लक्ष्मी रुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।’ फ्यानहरूले प्रियंका र निकलाई बधाई दिएका छन् । उनीहरुले संस्कृति र संस्कार नभुलेको भन्दै प्रियंकाको तारिफ गरेका छन् ।
प्रियंका चाडैं नै अमेजन प्राइमको वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछिन् । त्यस्तै, हलिउड फिल्म ‘टेक्स फर यु’ का लागि पनि काम गर्दैछिन् । यसरैगी फरहान अख्तरको निर्देशनमा बन्ने ‘जी ले जरा’ मा उनी आलिया भट्ट र कैटरिना कैफसँगै देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण