सुर्खेत र रुकुमपश्चिममा वडाअध्यक्षसहित १२ जना जुवाडे पक्राउ

प्रहरीले रुकुमपश्चिम र सुर्खेतमा गरी १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ। रुकुमपश्चिममा एक जना वडा अध्यक्षपनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। पक्राउ पर्ने वडाअध्यक्ष मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसी हुन् ।
मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेमा सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी), ३४ वर्षीय कमल बुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामत गरेको छ ।
यस्तै गएराती १० बजे वीरेन्द्रनगर नगरपालिका –८ कबडहल नजिक गोबिन्द बहादुर शाहीको घरमा जुवातास खेलिरहेका ७ जना सहित,३ गड्डी तास र एक लाख ७२ हजार ४५० रुपैंया सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थोमस मुलरका लागि सुखद रह्यो घरेलु मैदानमा खेलिएको अन्तिम खेल
-
गायक सुगम पोखरेलको 'यति छिटो' बोलको गीत सार्वजनिक
-
प्रचण्डलाई शंकर पोखरेलको प्रश्न–तपाईं के बोल्दै हुनुहुन्छ ?
-
नेपालमा फिल्मसिटी अत्यावश्यक भइसक्यो
-
‘फिल्मसिटी के हो भन्ने ६० प्रतिशत फिल्मकर्मीलाई नै थाहै छैन’
-
योजनाकाे होइन समस्याको प्राथमिकीकरण गर्नुपर्छ : जगतबहादुर पार्की