सुर्खेत र रुकुमपश्चिममा वडाअध्यक्षसहित १२ जना जुवाडे पक्राउ
प्रहरीले रुकुमपश्चिम र सुर्खेतमा गरी १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ। रुकुमपश्चिममा एक जना वडा अध्यक्षपनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। पक्राउ पर्ने वडाअध्यक्ष मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसी हुन् ।
मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेमा सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी), ३४ वर्षीय कमल बुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामत गरेको छ ।
यस्तै गएराती १० बजे वीरेन्द्रनगर नगरपालिका –८ कबडहल नजिक गोबिन्द बहादुर शाहीको घरमा जुवातास खेलिरहेका ७ जना सहित,३ गड्डी तास र एक लाख ७२ हजार ४५० रुपैंया सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण