सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण, ६४९ जना निको भएर फर्किए

शुक्रबार, १९ कात्तिक २०७८, १७ : ०६
शुक्रबार, १९ कात्तिक २०७८

पछिल्लो २४ घण्टामा थप १८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८४४ जनामा गरिएको नमुना परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयमा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ४ सय ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६४९ जना निको भएर फर्किएका छन् भने अहिले देशभर ८४१३ जना सक्रिय संक्रमित रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप