साथीको मृत्युपछि भड्किएका कैदीले लगाए जेलमा आगो, ३० प्रहरी घाइते
उत्तर प्रदेशको फर्रुखाबादस्थित फतेहगढमा रहेको जिल्ला कारागारमा एक बन्दीको मृत्यु भएपछि उनका साथीहरु भड्किएका छन् । आक्रोशितहरुले जेलभित्रै आगो लगाइदिए । सूचना मिल्नासाथ जेल र प्रहरी प्रशासन घटनास्थलमा पुग्यो ।
बन्दीहरुले जेलर र अन्य पुलिसकर्मीहरुमाथि हमला पनि गरे । हमलामा ३० प्रहरी घाइते भएका छन् । त्यस्तै बन्दीहरु पनि घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ । मेरापुर थाना क्षेत्रका सन्दीप हत्याको अभियोगमा जिल्ला कारागारमा बन्धक थिए । अवस्था खराब भएपछि उनलाई उपचारका लागि पठाइएको थियो । तर, उपचारकै दौरान उनको मृत्यु भयो । यसपछि बन्दीहरुले जेलमा हंगामा गर्न थाले ।
स्थिति नियन्त्रणमा लिनका लागि खटिएका पुलिसमाथि पनि उनीहरुले हमला गरे । कुटपिटमा परेर सहायक जेलर शैलेशकुमार सोनकरसहितका प्रहरीहरु घाइते भएका छन् । जेलभित्रबाट तीनपटक गोली चलेको आवाज आएको प्रहरीले जनाएको छ ।
अवस्था बिग्रँदै गएपछि प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन फायरिङ गरेको छ । समयमै उपचार नपाएका कारण सन्दीपको मृत्यु भएको बन्दीहरुको आरोप छ । त्यस्तै, दीपावलीको दिन पनि आफुहरुलाई राम्रो भोजन नदिइएको बन्दीहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण