साथीको मृत्युपछि भड्किएका कैदीले लगाए जेलमा आगो, ३० प्रहरी घाइते
उत्तर प्रदेशको फर्रुखाबादस्थित फतेहगढमा रहेको जिल्ला कारागारमा एक बन्दीको मृत्यु भएपछि उनका साथीहरु भड्किएका छन् । आक्रोशितहरुले जेलभित्रै आगो लगाइदिए । सूचना मिल्नासाथ जेल र प्रहरी प्रशासन घटनास्थलमा पुग्यो ।
बन्दीहरुले जेलर र अन्य पुलिसकर्मीहरुमाथि हमला पनि गरे । हमलामा ३० प्रहरी घाइते भएका छन् । त्यस्तै बन्दीहरु पनि घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ । मेरापुर थाना क्षेत्रका सन्दीप हत्याको अभियोगमा जिल्ला कारागारमा बन्धक थिए । अवस्था खराब भएपछि उनलाई उपचारका लागि पठाइएको थियो । तर, उपचारकै दौरान उनको मृत्यु भयो । यसपछि बन्दीहरुले जेलमा हंगामा गर्न थाले ।
स्थिति नियन्त्रणमा लिनका लागि खटिएका पुलिसमाथि पनि उनीहरुले हमला गरे । कुटपिटमा परेर सहायक जेलर शैलेशकुमार सोनकरसहितका प्रहरीहरु घाइते भएका छन् । जेलभित्रबाट तीनपटक गोली चलेको आवाज आएको प्रहरीले जनाएको छ ।
अवस्था बिग्रँदै गएपछि प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन फायरिङ गरेको छ । समयमै उपचार नपाएका कारण सन्दीपको मृत्यु भएको बन्दीहरुको आरोप छ । त्यस्तै, दीपावलीको दिन पनि आफुहरुलाई राम्रो भोजन नदिइएको बन्दीहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
-
सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिन बन्न गुगलले एप्पललाई दियो २० अर्ब डलर
-
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्को अर्धशतक
-
बेबी पाउडरबाट क्यान्सर मामिला राफसाफ गर्न साढे ६ अर्ब डलर क्षतिपूर्ति तिर्दै जोन्सन एन्ड जोन्सन
-
१९ रन बनाउँदै आउट भए सन्दीप जोरा
-
सुदूरपश्चिममा सत्ता साझेदारमा खटपट, विश्वासको मत अनिश्चित !